सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

रविको नाम राख्ने अडानबाट कांग्रेस पछि हट्यो

रविको नाम राख्ने अडानबाट कांग्रेस पछि हट्यो

साझा पोष्ट
शुक्रबार, जेठ ११ २०८१
  • images
    रविको नाम राख्ने अडानबाट कांग्रेस पछि हट्यो
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिको नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव गरेको छ ।

    कार्यदलको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्रीको नाम नराख्ने हो भने उनको नाम जोडिएको सहकारीको छानबिनबारे नयाँ प्रस्ताव ल्याएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उनले भने, ‘यसबारे गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ, त्यसैले केहीबेर बैठक रोकेका छौं ।’

    images
    images

    प्रतिनिधिले पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्न समय मागेपछि बैठक केहीबेरलाई स्थगित भएको छ । सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै कांग्रेस लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।

    समिति बनाउन सहमत प्रमुख दलहरूले कार्यादेश बनाउन कार्यदल बनाएका थिए । सत्तारुढ दलहरूले समग्र सहकारीको छानबिन गर्ने कार्यादेश प्रस्ताव गरेको थियो भने कांग्रेसले लामिछाने गृहमन्त्री भएपछि छानबिन रोकिएकाले नाम नै उल्लेख गरेर जानुपर्ने बताएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार