सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

राजस्थान क्वालिफायरमा, आरसीबी आउट

राजस्थान क्वालिफायरमा, आरसीबी आउट

साझा पोष्ट
बिहीबार , जेठ १० २०८१
  • images
    राजस्थान क्वालिफायरमा, आरसीबी आउट
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । तेस्रो हुँदै प्लेअफमा पुगेको राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो ।हारसँगै बेंगलुरु आउट भएको छ । 

    अहमदाबादमा बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थानले बेंगलुरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा सनराइज हैदराबादसँगको भेट पक्का गर्यो । 

    images
    images

    लिग चरणमा दोस्रो हुँदै प्लेअफमा पुगेको हैदराबाद कोलकातासँग पराजित भएको थियो । विजयी भएको कोलकाता भने फाइनल पुगिसकेको छ ।

    इलिमिनेटरमा बेंगलुरुले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा १९ ओभरमा भेट्टायो । 

    राजस्थानका यशस्वी जैसवालले ४०,  रियान परागले ३६, सिमरन हेटमायरले २६  र टम कोहलर–क्याडमोरले २० रनको योगदान गरे ।

    बेंगलुरुका मोहम्मद सिराजले २, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान एकरएक विकेट दिलाए ।

    पहिले ब्याटिङ गरेको बेंगलुरुले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । रजत पाटिदरले ३४, विराट कोहलीले ३३, महिपाल लोम्रोरले ३२ र क्यामरन ग्रीनले २७ रन जोडेका थिए ।

    राजस्थानका आवेश खानले ३, रवीचन्द्रण आश्विनले २, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले एकरएक विकेट लिए ।दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ ।  जित्ने टोलीले आइतबार कोलकातासँग फाइनल खेल्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार