सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक शुरु

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक शुरु

साझा पोष्ट
मंगलबार, जेठ ८ २०८१
  • images
    संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक शुरु
    images

    काठमाडौं । सहकारी ठगीका विषयमा गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो ।


    कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की र जीवन परियार तथा रास्वपाका शिशिर खनाल  छन् ।

    images
    images

    कार्यदलमा शनिवार गृहमन्त्री रवि लामिछाने र उनी जोडिएको सहकारीको नाम किटेर छानबिन गर्ने कि नगर्ने भन्नेमा विवाद छ । कांग्रेसले नाम राख्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यसको विपक्षमा छन् । 

    कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार