आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

सफाइ पाएपछि सन्दीपले भने: नेपाललाई अझ माथि पुर्‍याउनेछुु

सफाइ पाएपछि सन्दीपले भने: नेपाललाई अझ माथि पुर्‍याउनेछुु

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    सफाइ पाएपछि सन्दीपले भने: नेपाललाई अझ माथि पुर्‍याउनेछुु
    images

    काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गर्दै अगाडि बढ्ने र नेपाली क्रिकेटलाई अझ उचाईमा पुर्याउने बताएका छन् ।

    images

    उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले खुशी व्यक्त गरे । 
    आफूलाई फसाएर दोषी करार गरिएको उनले बताए । 

    images
    images

    सफाइ पाएपछि उच्च अदालत पाटनमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने,'साढे १ वर्षभन्दा माथि भइसक्यो । फस्टडे बाटै म निर्दोष छु भनिरहेको थिएँ । नभएको कुरामा मलाई दोषी बनाइएको थियो । यो समयमा मलाई साथ दिनेप्रति आभारी छु । नेपाललाई जहाँ पुर्‍याएको थिएँ त्यसभन्दा माथि पुर्‍याउनेछु ।
     
    जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । आफूलाई साथ दिने सबैलाई धन्यवाद दिँदै सन्दीपले भने, ‘जति हुनसक्छ आगामी दिनमा प्रयास गर्नेछु, जहाँ मैले पुर्‍याएको थिएँ त्यसभन्दा पनि माथि पुर्‍याउन ।’


    फैसलापछि सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले यो फैसलाले न्याय पाएको र अब बाँकी न्यायिक प्रक्रियामा पनि सन्दीपले सहयोग गर्ने बताए । उनले मुद्दा लगाउने व्यक्तिप्रतिको आत्मसम्मानमा असर पर्ने कुनै काम नहुने र अरूलाई पनि नगर्ने आग्रह गरे । उनले यो मुद्दापछि सन्दीप  कप्तानबाट हटेकोले अब सफाइ पाएपछि उनलाई क्याप्टेनमा फिर्ता गर्नुपर्ने बताए ।

     

    प्रतिक्रिया हरु
    थप समाचार