सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने,निलम्बन फुकुवाको तयारी

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने,निलम्बन फुकुवाको तयारी

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने,निलम्बन फुकुवाको तयारी
    images

    दीपेन्द्र कुँवर -

    images

    काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई  आईसीसी टी२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने तयारी गरेको हो । 

    images
    images

    ‘जुम बैठक गरेर निलम्बन फुकुवाका विषयमा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी थाल्छौं ।’  क्यानका अध्यक्ष चतुरबहादुर चन्दले साझा पोष्टसँग भने, हामी आईसीसीसँग पनि समन्वय गर्छाैं ।’ उनले भोलि यी काम गर्ने बताए । 

    आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा ब्यस्त छ । नेपालले सन्दीपलाई पठाउदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्नेछ ।  आईसीसीको नियम अनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । त्यसैले एक खेलाडी विश्वकपबाट बाहिर हुनुपर्छ ।

    प्रतिक्रिया हरु
    थप समाचार