आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

सन्दीप लामिछानेले पाए सफाइ

सन्दीप लामिछानेले पाए सफाइ

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    सन्दीप लामिछानेले पाए सफाइ
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

    images

    उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको  हो ।

    images
    images

     ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उच्च अदालतका प्रवक्ता विमल पराजुलीले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’ 


    जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको रायकिताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने जानकारी दिए । 

    जिल्ला अदालत काठमाडौंले २०८० पुष १३ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार