आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे
    images

    काठमाडौ। नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् । 

    images

    आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् । दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटका एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औं स्थानमा छन् ।

    images
    images

    टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन नवौं र लियाम लिभिङस्टोन आठौं स्थानमा छन् ।टी२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत् छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औं छन् ।

    टी–२० को बलिङको वरीयतामा सोमपाल कामी ९२ औं स्थानमा यथावत् छन् । ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५० औं स्थानमा यथावत् छन् ।

    रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा छन् । नेपाल टी २० आई वरीयतामा १७ औं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    थप समाचार