सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

जीडीपी १ सय खर्बभन्दा माथि पुर्‍याउने १६औं योजनाको लक्ष्य

जीडीपी १ सय खर्बभन्दा माथि पुर्‍याउने १६औं योजनाको लक्ष्य

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    जीडीपी १ सय खर्बभन्दा माथि पुर्‍याउने १६औं योजनाको लक्ष्य
    images

    काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ ।

    images

    बुधवार राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनाको लक्ष्यहरु सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)  १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य पुर्याउने  जनाएको हो ।

    images
    images

    आयोगले पञ्चवर्षिय योजनामा २०८०\०८१ मा ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा २०८५\८६ सम्म जीडीपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताए ।

    भुसालले आर्थिक वर्ष २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य १६ औं योजनाले लिएको बताउनु भयो । उनले १६ औं योजनामा औषत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको बताए ।

    आगामी आर्थिक वर्ष  २०८१\८२ मा ६ प्रतिशत, २०८२\८३ मा ६.६, २०८३\८४ मा ७.४, २०८४\८५ मा ७.९ र २०८५\८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुुने लक्ष्य १६ औं योजनाले लिएको उल्लेख गर्नुभयो ।

    उनले नेपालीको १ हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुयाउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताए । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको पनि बताउनु भयो ।

    १६ औं योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औषत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्याउने,बेरोजगारी दर ५ प्रतिशतमा सिमित गर्ने १६ औं योजनाको लक्ष्य राखेको छ । उनका अनुसार १६ औं योजनाले विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत पहुँच शतप्रतिशत जनसंख्यामा पुर्याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्याउन लक्ष्य छ ।  

    त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्याउने लक्ष्य योजनाले राखेको छ । १६ औं योजनामा आगामी पाँच वर्षमा सार्वजनिक,निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ । —न्युज एजेन्सी नेपाल
     

    प्रतिक्रिया हरु
    थप समाचार