सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

एपीएफ एक खेल अघिनै ललितपुर मेयर्स कपको फाइनलमा

एपीएफ एक खेल अघिनै ललितपुर मेयर्स कपको फाइनलमा

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    एपीएफ एक खेल अघिनै ललितपुर मेयर्स कपको फाइनलमा
    तस्बिर: क्यान
    images

    काठमाडौं । नेपाल एपिएफ क्लब काठमाडौंमा जारी ललितपुर मेयर्स कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित हासिल गर्दै उपाधि दावेदार एपिएफ एक खेल अघिनै फाइनलमा प्रवेश गरेको हो ।

    images

    एपिएफको ३ खेलमा ६, दोस्रो स्थानमा रहेको  सुदूरपश्चिमले २ खेलमा ४ अंक बटुलेको छ । ललितपुरको ३ खेलमा २ अंक  छ भने कोशी प्रदेश र बागमती प्रदेश समान २ खेल खेले पनि अंकविहिन छन् ।  बुधवार तेस्रो जित हासिल गर्ने क्रममा एपिएफले आयोजक ललितपुर मेयर्स–११ लाई ८ विकेटले पराजित गर्यो । ललितपुरले दिएको ७२ रनको सामान्य लक्ष्य एपिएफले २ विकेट गुमाएर ९.५ ओभरमै पुरा गर्यो ।

    images
    images

    एपिएफका लागि कप्तान सीता राना मगरले ३५ बलमा ८ चौका सहित ५० रन जोडिन् । यस्तै अर्की ओपनर ममता चौधरीले २१ बलमा १ चौका सहित १६ रन बनाइन् । इन्दु वर्मा र रोमा थापा समान १–१ रनमा नटआउट रहे । ललितपुरका लागि दुवै विकेट कृतिका मरासिनीले  लिइन् ।  

    त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ७१ रन मात्र बनाउन सक्यो । ललितपुरका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

    कप्तान पुजा महतोले ३९ बलमा १ चौका सहित २४ रन बनाइन् । यस्तै ज्योत्स्निका मरासिनीले ३९ बलमा १ चौका नै प्रहर गर्दै २१ रन जोडिन् । एपिएफका लागि रेखा रावल र कप्तान सिता राना मगरले समान १-१ विकेट लिए ।

     

    प्रतिक्रिया हरु
    थप समाचार