आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टि—स्टेटको ७० विगाहा जग्गा कमिसन खाएर बेच्योः ओली

कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टि—स्टेटको ७० विगाहा जग्गा कमिसन खाएर बेच्योः ओली

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    कांग्रेस नेतृत्वको सरकारले  गिरीबन्धु टि—स्टेटको ७० विगाहा जग्गा कमिसन खाएर बेच्योः ओली
    images

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा(एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् । सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला ओलीले उल्टै कांग्रेसमाथि त्यही विषयलाई लिएर हमला गरेका हुन् । 

    images

     बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत गरे । कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको भन्दै ओलीले तत्काल संसद बैठक शुरु गराउन काँग्रेसलाई दबाब दिए । काँग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फालेको भन्दै त्यसो नगर्न सुझाव दिए । 

    images
    images

     ‘म भन्न चाहन्छु–५१ विगाहा र १९ विगाहा गरेर ७० विगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानविन हुनुपर्छ । अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली काँग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं ।’ ओलीले भने । 

    कांग्रेसको जन्मकुण्डली थाहा छ भन्दै ओलीले अब चुप लागेर नबस्ने चेतावनी  दिए । 

     ‘हामीले सुनिरहनुपर्ने, काँग्रेस कराईरहनुपर्ने हुन्छ ?  पार्लियोमेण्ट भनेको त्यही हो ?  हामी सुनिरहने, काँग्रेस कराईरहने ? यो चल्दैन । अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसंगमा कुरा चल्या छ । त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? र दुनियाँलाई थाहा छ । म धेरै भन्न चाहन्नँ ।’ ओलीले भने,  नेपाली काँग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरुको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौं । कहीँकतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने रु काँग्रेसले नै फैसला पनि ठोकि हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, काँग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाइ थाहा छ । त्यति भन्छु । ’अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि काँग्रेसलाई चेतावनी दिए । 

    प्रतिक्रिया हरु
    थप समाचार