सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

नीति तथा कार्यक्रममाथि संसद्‌मा ६ दिन छलफल हुने, जेठ ९ गते पारित गर्ने कार्यसूचि

नीति तथा कार्यक्रममाथि संसद्‌मा ६ दिन छलफल हुने, जेठ ९ गते पारित गर्ने कार्यसूचि

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    नीति तथा कार्यक्रममाथि संसद्‌मा ६ दिन छलफल हुने, जेठ ९ गते पारित गर्ने कार्यसूचि
    images

    काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।  प्रतिनिधि सभाले यो कार्यसूचि तय गरेको हो । 
    प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ ।

    images

    जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।

    images
    images

    नीति तथा कार्यक्रम चलिरहेकै समयमा समेत शून्य समय, विशेष समय, केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने लगायतका विषयसमेत सञ्चालन गरिने संसदीय क्यालेन्डरमा छ । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार