सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    प्रमुख प्रतिपक्षी कांग्रेससँग  सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह
    images

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमति गर्न अपिल गरेका छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गर्दै सहमतिका लागि अपिल गरेका हुन् ।

    images
    images

     छलफल संसद अवरोधकै विषयमा केन्द्रित भएको थियो । सभामुख घिमिरेले विधेयक पारित हुन नसकिरहेको बेला संसद अवरोध हुँदा जनस्तरमा वितृष्णा फैलिएको बताए ।

    मंगलबारको संसद बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा अवरोध गरेको थियो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

    छलफलमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिंदै भोलि बिहीबार बस्ने संसद बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताए ।

     

    प्रतिक्रिया हरु
    थप समाचार