आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

चुनावको २ वर्षपछि व्यास नगरपालिकाको नतिजा बदर, प्रमुखको पुनः मतगणनाको आदेश

चुनावको २ वर्षपछि व्यास नगरपालिकाको नतिजा बदर, प्रमुखको पुनः मतगणनाको आदेश

साझा पोष्ट
मंगलबार, जेठ १ २०८१
  • images
    चुनावको २ वर्षपछि व्यास नगरपालिकाको नतिजा बदर, प्रमुखको पुनः मतगणनाको आदेश
    images

    काठमाडौं । चुनाव भएको  २ वर्षपछि उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा पुनः मत गणना गर्न आदेश दिएको छ । अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

    images

    २०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।र, यसम ढिलो गरी अदालतले उनको पक्षमा आदेश दिएको हो ।

    images
    images

    कांग्रेसका बैकुण्ठनाथ न्यौपाने दुई सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । त्यहाँ जोशीलाई एमालेले सहयोग गरेको थियो । जोशी पूर्वमन्त्री एव्म कांग्रेसका असन्तुष्ट नेता गोविन्दराज जोशीका छोरा हुन् । 

     

    प्रतिक्रिया हरु
    थप समाचार