शुक्रबार, जेठ ११ गते २०८१
Logo
शुक्रबार, जेठ ११ गते २०८१
images

एकीकृत समाजवादीमाथि ओलीको कटाक्ष : दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भयो

एकीकृत समाजवादीमाथि ओलीको कटाक्ष : दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भयो

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    एकीकृत समाजवादीमाथि ओलीको कटाक्ष : दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भयो
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी गरेका छन्।

    images
    images

    राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीमाथि कटाक्ष गरेका हुन् । गएको निर्वाचनमा एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेलेको तर असफल भएको उनले बताए ।

    images
    images

    ‘गठबन्धनको बलमा पहिलो पार्टी बने पनि कांग्रेसको जनाधार विगतमा भन्दा खस्किएको छ। कांग्रेससँगको मतान्तर दोब्बरभन्दा बढी बढेको छ। कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो। हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झूटो थियो खण्डित भयो।’ नेकपा एसलाई लक्षित गर्दै भने ।

    ०७९ को निर्वाचन एमालेलाई नियमित र सामान्य लोकतान्त्रिक प्रक्रिया नभएको बताए। ‘प्रतिपक्षमा रहेका हाम्रा दलविरुद्ध सत्तामा रहेका ६ दलको घेराबन्दी थियो। प्रतिपक्षका विरुद्ध सत्तापक्षको त्यस्तो गठबन्धन अलोकतान्त्रिक मात्रै थिएन। अराजनीतिक पनि थियो।' उनले भने हाम्रा विरुद्ध सत्ता पक्षले साधन र स्रोतको दुरुपयोग गर्‍यो। निर्वाचन आयोगलाई पनि प्रभावित पार्‍यो। निर्वाचन होइन पार्टीले एक किसिमले युद्ध नै लड्नुपरेको थियो।’  

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार