सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

गण्डकी प्रदेश सभाको बैठक बोलाइएकोमा कांग्रेसको आपत्ति

गण्डकी प्रदेश सभाको बैठक बोलाइएकोमा कांग्रेसको आपत्ति

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    गण्डकी प्रदेश सभाको बैठक बोलाइएकोमा कांग्रेसको आपत्ति
    images

    काठमाडौं। गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ वैशाख दिउँसो ३ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गरेपछि विपक्षी दल कांग्रेसले आपत्ति जनाएको हो । 


    मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको ठहर छ । 

    images
    images

    गण्डकीमा सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अदालतले २८ चैतमा खगराज अधिकारी नेतृत्वको सरकारलाई मुद्दाको टुङ्गो नलाग्दासम्म कुनै पनि दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

    उक्त मुद्दालाई सर्वोच्चले अग्राधिकार दिई १० वैशाखमा पेशी तोकेको छ । तर मुख्यमन्त्री खगराज अधिकारीले मुद्दाको सुनुवाई हुनु अघिनै विश्वासको मत लिनका लागि प्रमुख समक्ष सिफारिस गरेका थिए । जसमा प्रदेश प्रमुख सहयोगी देखिँदै बैठक बोलाएका छन् । 

    ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई बेवास्था गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो । यसप्रति हाम्रो गम्भीर असहमति छ,’ पाण्डेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार