सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

एकीकृत समाजवादीमा पनि किचलो, सुदुरपश्चिमका सांसद कांग्रेसको खेमामा उभिएपछि सकस

एकीकृत समाजवादीमा पनि किचलो, सुदुरपश्चिमका सांसद कांग्रेसको खेमामा उभिएपछि सकस

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    एकीकृत समाजवादीमा पनि किचलो, सुदुरपश्चिमका सांसद कांग्रेसको खेमामा उभिएपछि सकस
    images

    काठमाडौं । सुदुरपश्चिममा सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीमा पनि विवाद शुरु भएको छ । पार्टी केन्द्रले गरेको सहमति विपरित प्रदेश सभा संसदीय दल कांग्रेसको खेमामा उभिएर सरकार बनाउने प्रयास गरेपछि पार्टीमा विवाद शुरु भएको हो । 

    नाउपाका रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीलाईमुख्यमन्त्री बनाउन एकीकृत समाजवादीको संसदीय दल नेपाली कांग्रेससँग मिलेर लागेको छ ।  नाउपा लक्ष्मणकिशोरलाई मुख्यमन्त्री दिन सहमति जनाउँदै कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलका नेताले पत्र लेखेका छन्।

    images
    images

    नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षका ४ सांसदको समर्थनसहित लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले पत्रकार हस्ताक्षर गरेका छन् ।

    एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी पनि मुख्यमन्त्री पदका आकांक्षी थिए। तर, बिहान बालुवाटारमा बसेसको सत्ता गठबन्धनको बैठकले पहिला नाउपालाई मुख्यमन्त्री दिने सहमति गरेको थियो। त्यसपछि असन्तुष्टि देखाउँदै सोडा्री अर्को खेममा उभिएका छन्। 

     केन्द्रको निर्णयविपरीत सुदूरपश्चिममा बेग्लै कसरत गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र घनश्याम भुसालले प्रदेशका संसदीय दलका नेता सोडारी र अन्य सांसदहरूलाई फोन गरेर रोक्न भनेका छन्। 
    रेशम पक्षका लक्ष्मणकिशोरका पक्षमा चिठी लेखिसकेको भए त्यो पनि रोक्न नेपाल र भुसालले निर्देशन दिएका छन्।  तर अहिलेसम्म त्यसको कुनै प्रभाव देखिएको छैन। 

    केन्द्रमा सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति गर्दै रञ्जिताले कैलाश चौधरीलाई अघि सारेकी छन्। सुदूरपश्चिममा सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ।

    unified_samjbadi.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार