सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

नाउपाकी सुदूरपश्चिम प्रदेश सांसद गिरि पदमुक्त

नाउपाकी सुदूरपश्चिम प्रदेश सांसद गिरि पदमुक्त

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    नाउपाकी सुदूरपश्चिम प्रदेश सांसद गिरि पदमुक्त
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सरकारलाई लिएर आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन् । त्यसैअनुसार भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त भएको सूचना निकालेको हो । सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘…. प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखकाे निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार