सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
    images

    काठमाडौं । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।

    images
    images

    दुर्घटनामा  दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसी जानकारी दिए । परिचय नखुलेका ट्याक्टर चालक र त्यसमा सवार राजेश चौधरीको मृत्यु भएको  छ ।

    ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार