सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

सुदूरपश्चिमका  मुख्यमन्त्रीले राजीनामा दिए

सुदूरपश्चिमका  मुख्यमन्त्रीले राजीनामा दिए

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    सुदूरपश्चिमका  मुख्यमन्त्रीले राजीनामा दिए
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

    मुख्यमन्त्री शाहले बिहीबार बेलुकी प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।

    images
    images


    मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन् ।

    मुख्यमन्त्रीको राजीनामापछि प्रदेशसभा बैठक स्थगित भएको छ । माओवादीले गठबन्धन फेरेसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको थियो । प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार