बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

इलाम–२ मा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउन देउवाको प्रस्ताव

इलाम–२ मा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउन देउवाको प्रस्ताव

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    इलाम–२ मा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउन देउवाको प्रस्ताव
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्का र र बझाङको  प्रदेश सभा १ को उपनिर्वाचनका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका छन्।


    images
    images

    आफ्नो निवास बूढानीलकण्ठमा बुधबार बसेको संसदीय बोर्ड बैठकमा सभापति देउवाले उम्मेदवार  प्रस्ताव गरेका हुन्।

    इलाम कांग्रेस सभापति खड्का देउवानिकट हुन्। उनलाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा उपसभापति पूर्णबहादुर खड्काको पनि समर्थन छ। तर महामन्त्री गगन थापा लगायतले इलाम २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।

    बिहीबार बिहान ९ बजे बैठक बस्ने तयारी छ।बझाङ प्रदेश सभाका लागि देउवाले सिंहको नाम प्रस्ताव गरे पनि यो नाममा अरूले सहमति जनाएका छैनन्।

    वडाध्यक्ष हारेकोले उनलाई उम्मेदवार दिन नहुने नेताहरूको मत छ। महामन्त्री थापा लगायतले बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार