बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

वैवाहिक बलात्कारको मुद्दामा जिल्ला न्यायाधीश गिरिलाई थुनामा पठाउन आदेश

वैवाहिक बलात्कारको मुद्दामा जिल्ला न्यायाधीश गिरिलाई थुनामा पठाउन आदेश

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    वैवाहिक बलात्कारको मुद्दामा जिल्ला न्यायाधीश गिरिलाई थुनामा पठाउन आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोपमा दोषी ठहर गर्दै न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।


    images
    images

    न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् ।

    त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार