बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिए

कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिए

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिए
    images

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्।


    images
    images

    बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन्।संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन्।
    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्ततः राजीनामा दिन बाध्य भएका हुन्।


    यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए।

    सम्बोधनका क्रममा उनले आफूले गरेका उपलब्धिको चर्चा गर्दै  केन्द्रको निर्देशनप्रति असन्तुष्टिसमेत व्यक्त गरे।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार