बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

कर्णालीका मुख्यमन्त्री राजीनामा दिन तयार

कर्णालीका मुख्यमन्त्री राजीनामा दिन तयार

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    कर्णालीका मुख्यमन्त्री राजीनामा दिन तयार
    images

    सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । अहिले केहीबेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उनको तयारी छ ।


    images
    images

    सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार भएनन् । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरूको अडान थियो । यो बीचमा प्रदेश स्तरमा एमाले र माओवादीबीच पटक पटक छलफल भएको थियो, तर मुख्यमन्त्री शर्मा अडानमै कायम रहेका थिए । 

    तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए । प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गरेपछि पद छोड्न तयार भएका हुन् । 

     माओवादी प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्लले सदनलाई सम्बोधन गरेर शर्माले राजीनामा दिने जानकारी दिए । प्रदेश सभाको बैठक अहिले बस्दैछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार