बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

एमाले र माओवादीको कुरा नमिलेपछि कर्णाली प्रदेशसभा बैठक बुधवारसम्मका लागि स्थगित

एमाले र माओवादीको कुरा नमिलेपछि कर्णाली प्रदेशसभा बैठक बुधवारसम्मका लागि स्थगित

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    एमाले र माओवादीको कुरा नमिलेपछि कर्णाली प्रदेशसभा बैठक बुधवारसम्मका लागि स्थगित
    images

    काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।


    images
    images

    मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने गरी मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसक्दा स्थगित भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्न भने पनि मुख्यमन्त्री शर्माले त्यसमा असहमति जनाउँदै विश्वासको मत लिने अडान राखेका छन् । 

    विश्वासको मत लिएर मात्रै पदबाट बाहिरिने अडान राखेका उनी र माओवादी नेतृत्वबीच कुरा नमिल्दा प्रदेश सभा बैठक नै बुधबारसम्मलाई स्थगित गरिएको हो। यसअघि मंगलबार नै बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री शर्माले लिने विश्वासको मत लिने निर्णय अघि बढाएको थियो।

    केन्द्रको निर्देशन तत्कालन कार्यान्वयन नगर्ने पक्षमा उभिएका शर्माले सरकारी निवासमा एमाले र माओवादीका नेताबीच दुई घण्टा लामो छलफल गरेका थिए। तर उनले त्यहाँ पनि विश्वासको मत लिएपछि मात्रै पद त्याग्ने बताएका थिए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार