सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

बबण्डर बढ्दै गएपछि फूटको संघारमा नाउपा

बबण्डर बढ्दै गएपछि फूटको संघारमा नाउपा

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    बबण्डर बढ्दै गएपछि फूटको संघारमा नाउपा
    images

    काठमाडौं । के नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अब एक रहला ? प्रश्न उठ्न थालेको छ  । केही समय यताको विवाद हात हालाहाल र ज्यान मार्ने धम्कीको तहसम्मै पुगेपछि यो पार्टी एक रहने कि नरहने भन्ने प्रश्न पेचिलो भएको छ । केन्द्रीय कार्यालय, अनामनगरमा सोमबार दिउँसो बैठकमै हात हालाहाल भएको छ । पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठका समर्थकहरुबीच हात हालाहाल हुँदा केन्द्रीय कार्यालय तनावपूर्ण बन्यो । 

    नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । र, त्यसले नै निर्णय गरिरहेको छ । तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्ने माग गरेपछि विवाद बढेर हात हालाहालको अवस्था आएको बताइएको छ । रेशम पक्षीय नेताहरुलेर रञ्जिता श्रेष्ठ पक्षमाथि र रञ्जिता पक्षले रेशम पक्षमाथि दोषारोपण गरेका छन् । सोमवार   केन्द्रीय कार्यालयमा भएको हात हालाहालपछि घट्ना क्रम जसरी विकसित भएर बाहिर आयो, त्यो सामान्य देखिएको छैन । 

    images
    images

    नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले  रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आफूहरुमाथि पार्टीका संरक्षक रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको आरोप लगाए ।  उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशम चौधरीले धम्की दिएको गम्भीर आरोप लगाएका हुन् । ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रम भएकाले मैले यसलाई सामान्य लिएको छैन ।’ उनले भने । 


    उनले पार्टीका नेताहरुको केही घटनामा परेर मृत्यु हुने, कुनै दुर्घटनामा पर्ने वा कसैले हत्या गर्यो भने सबै दोष नेता चौधरीकै हुने बताए। आफूलाई केन्द्रीय कार्यालयका सबै ढोकाहरु थुनेर  कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनको दाबी छ  । उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए । रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डरौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए ।

    ‘पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिडिङ बोलाउनु भएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यौं। संमहाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय सदस्यको बैठक थियो । अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर,बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’ उनले भने । 

    लगत्तै रेशम चौधरीले पनि रिपोर्टर्स क्लबमै पत्रकार सम्मेलन गरे । उनले त्यहाँ  रञ्जिताकै कारण आफू आत्महत्याको तहमा पुगिसकेको भावनात्मक प्रतिक्रिया दिए । उनले यसबाट पार्टी विभाजनकै संकेत गरे । 

    ‘केन्द्रीय समितिको निर्णय मान्दिनँ भन्छ । केन्द्रीय समितिको निर्णय नमान्ने हो भने यो पार्टी कसले चलाइरहेको छ ? अर्काको सञ्चालनमा हामी नचलौं, हाम्रो निर्णय गरौं भन्दा नमान्ने’, रेशमले भने  ‘मलाई पनि अचम्म लाग्छ। विरुवा मैले रोपेँ। मलाई थाहा छ, यो विरुवा कुन जातको हो। आँपको कि स्याउको कि ओखरको हो ?  तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थितिसम्म पुर्‍याइसके। केन्द्रीय समितिको निर्णय मान्दैनौँ भन्छन्। अर्काको इशारामा हामी नचलौँ, हाम्रो निर्णय गरौँ भन्दा किन नमान्ने ?’

     पद लोलुपता धेरै भएको र २३ – २४ गते बैठक बसेर छानीछानी कारबाही गरेर जाने उनले चेतावनी दिएका छन् । जबकी अध्यक्ष रञ्जिता पक्षधरले भने पार्टीका संस्थापक नेताहरुको बैठक बस्नुपर्ने अडान लिँदै आएको छ । यही विषयको मतभेद हुँदा केन्द्रीय कार्यालयमा हात हालाहाल भएको थियो । अध्यक्ष रञ्जिता श्रेष्ठले २३–२४ को बैठकलाई अवैधानिक भनेकी छन् । 

    गत २६–२८ पुसमा टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनले रञ्जितालाई हटाएर रेशम चौधरी अध्यक्ष रहेको नयाँ समिति चयन गरेको थियो । तर २८ फागुनमा निर्वाचन आयोगले पहिलो महाधिवेशनबाट रेशमलाई अध्यक्ष बनाउने निर्णय अस्वीकार गर्दै रञ्जिता अध्यक्ष रहेकै नेतृत्वलाई निरन्तरता दियो । राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधान विपरीत महाधिवेशनले निर्णय गरेकाले रेशम अध्यक्ष बन्न नसक्ने निर्णय आयोगले गरेको थियो ।

    आयोगको त्यो निर्णयसँगै नाउपाभित्र समानान्तर गतिविधि चलिरहेको छ ।  तर अहिले रेशम र रञ्जिताबीचको विवाद उत्कर्षमा पुग्नुको मुख्य कारण  सत्ता हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समीकरणमा उभिनुपर्ने पक्षमा रञ्जिता छन् भने रेशमले नेपाली कांग्रेसलाई साथ दिनुपर्ने अडान लिएका छन् । यही कुरा सुदूरपश्चिम सरकारको हकमा पनि देखिएको छ । 

    आगामी २२ चैतभित्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक सीमाका कारण पनि रेशम र रञ्जिताबीच मतभेद बढेको छ । जसले पार्टीलाई विभाजनकै तहमा  पुर्याउन लागेको बताइएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार