बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

कजाकस्तान पुगे चिनीयाँ राष्ट्रपति सी

कजाकस्तान पुगे चिनीयाँ राष्ट्रपति सी

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    कजाकस्तान पुगे चिनीयाँ राष्ट्रपति सी
    images
    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दिउँसो कजाकस्तानको राजधानी नुर सुल्तान पुगेका छन । महामारीयताको उनको यो पहिलो विदेश भ्रमणमामा हो । कजाकस्तानपछि उनले उज्बेकिस्तानको भ्रमण पनि गर्नेछन्। सीलाई स्वागत गर्न कजाक राष्ट्रपति कासिम जोमार्त तोकाएप विमानस्थलसम्म पुगेका थिए। राष्ट्रपतीय भवनमा द्विपक्षीय कुराकानी हुनेछ। उनीहरुबीच आर्थिक र व्यापारिक सम्झौतामा हस्ताक्षर हुने चीनका लागि कजाकस्तानका राजदूत शखरात नुरिसेवले जानकारी दिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । बिहीबार उज्बेकिस्तानको समरकन्दमा सांघाइ कोअपरेसन फोरम (एससीओ) को शिखर बैठक सुरु हुँदैछ। चीन नेतृत्वको फोरममा आठ मुलुक सहभागी छन्। बैठकको साइडलाइनमा सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने अनुमान गरिएको छ । यो रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता सी र पुटिनबीचको पहिलो  भेट हुनेछ। चीनले रुसलाई सैन्य सहयोग नगरे पनि मौखिक समर्थन भने गरेको छ। यसअघि २०२० को जनवरीमा वुहानमा लकडाउन सुरु हुनुभन्दा केही दिनअघि मात्र सीले म्यानमार भ्रमण गरेका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार