शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सरकारले रोक लगायो स्थानीय तहलाई कोरिया कामदार पठाउन

सरकारले रोक लगायो स्थानीय तहलाई कोरिया कामदार पठाउन

साझा पोष्ट
शुक्रबार, जेठ २० २०७९
  • images
    सरकारले रोक लगायो स्थानीय तहलाई कोरिया कामदार पठाउन
    images
    काठमाडौं । सरकारले स्थानीय तहले दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त हुने भन्दै रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गरेको छ, जसमा भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार पठाउन नमिल्ने उल्लेख गरेको छ । वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रमा रहेको र वैदेशिक रोजगारीमा पठाउने कामको नियमन, व्यवस्थापन र कल्याणकारी काम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट भएको पत्रमा उल्लेख गरिएको छ । देशका धेरै स्थानीय तहले दक्षिण कोरियाका विभिन्न काउन्टी तथा राज्यसँग भगिनी सम्बन्ध कायम गर्दै ६ महिनासम्म काम गर्ने गरी कामदार पठाउँदै आएका थिए । कतिपय स्थानीय तह र जनप्रतिनिधिले यसमा आर्थिक चलखेल गर्ने गरेको पनि गुनासो आएको थियो । मन्त्रालयले गरेको यो निर्णयसँगै स्थानीय तहका जनप्रतिनिधिहरुको कानुन विपरीत कोरियामा मौसमी कामदार पठाउने काम रोकिने भएको छ । [caption id="attachment_322166" align="alignnone" width="853"] Scanned Documents[/caption] Scanned Documents

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार